काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन्। १० दिनअघि कोरोनाभाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका प्रधानमन्त्री जोनसोन स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन्।

आइतबार साँझ प्रधानमन्त्री जोनसोनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ। डाक्टरहरुले प्रधानमन्त्री जोनसोनमा सतर्क हुुनुपर्ने अवस्था देखिएको बताएका छन् ।

बीबीसीका अनुसार जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताका अनसार आफ्नो डाक्टरको सल्लाहअनुसार प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना भएका हुन् ।


प्रकाशन मिति–२०७६ साल चैत २४ गते सोमवार ।