काठमाडौं। बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने बताएकी छन्।

दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र अरूका लागि सहयोग गर्न जुटेकाहरूको पनि प्रशंसा गरेकी छन्।

महारानी एलिजाबेथले प्रत्येक घण्टा काम गरेर सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिएकी छन्।

बेलायतमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका बेला महारानी एलिजाबेथको यस्तो सन्देश आएको बीबीसीले जनाएको छ।


प्रकाशन मिति–२०७६ साल चैत २४ गते सोमवार ।