kumar-lamaकाठमाडौ। नेपाली सेनाका पूर्वमहासेनानी कुमार लामा बेलायतको आवासिय अधिकार पिआर त्यागेर नेपाल फर्केको बेलायत स्थित नेपाली राजदूतावासले जनाएको छ।

बेलायतको जेलमा तीन बर्ष सजाय काटेपछि सफाई पाएका पूर्वमहासेनानी लामाको पिआर यथावत रहेतापनि त्यसलाई त्यागेका छन्। बेलायतको पिआरलाई रद्ध गरिदिन दूतावासमा निवेदन दिएका थिए।

लामाको निवेदन पश्चात बेलायतको होम अफिसले प्रक्रिया अगाडि बढाइसकेको छ। लामा दूतावासवाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फकिएका हुन्।
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।