Nepal & Uk

काठमाडौ। नेपालका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले बेलायतको राजधानी लण्डन स्थित संसद भवनअगाडि बुधबार गरिएको आतंककारी हमलाको निन्दा एवं भर्त्सना गरेका छन् ।

मन्त्री डा. महतले बिहीबार नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाइ सो घटनाको निन्दा गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिएका छन् ।

उक्त सन्देशमा परराष्ट्रमन्त्री डा।.महतले सो आतंककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताकातर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

मन्त्री डा. महतले उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । मन्त्री डा.महतले नेपाली जनता र नेपाल सरकार यस्ता आतंककारी घटनाकाविरुद्धमा र बेलायती सरकार र बेलायती नागरिकका पक्षमा दृढतापूर्वक उभिएको पनि सो सन्देशमा उल्लेख गरेका छन् ।
प्रकाशन मिति–२०७३ साल चैत्र १० गते विहीवार ।