लण्डन। नेपाली चलचित्रकी ख्यातिप्राप्त अभिनेत्री झरना थापाले पहिलो पल्ट निर्देशन गरेको चलचित्र ए–मेरो हजुर ३ को बेलायतको लण्डनमा रेड कार्पेट प्रिमियर भएको छ।

बेलायतको प्रथम इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा चलचित्र ए–मेरो हजुर ३ को रेड कार्पेट प्रिमियर भएको हो। आइतवार अल्डरस्ट स्थित एम्पायर हलमा चलचित्र ए–मेरो हजुर ३ को रेड कार्पेट भएको हो।

चलचित्रका निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नव–नायिका सुहाना थापाको विशेष उपस्थिति रहेको ए–मेरो हजुर ३ को रेड कार्पेट प्रिमियरमा बेलायतमा रहेका ख्यातिप्राप्त अभिनेता सनम कुमार बैराग, ध्रुव दत्त लगायतका विशिष्ट अतिथिहरुका साथमा बेलायतमा रहेका नेपालीहरुको व्यापक उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७६ साल जेठ २१ गते मंगलवार ।