लण्डन। बेलायतमा घरको मूल्य अकासिएको छ। जसले गर्दा बेलायतमा घर किन्ने सपना देख्नेहरुलाई निक्कै गाह्रो हुन थालेको छ। अझ ठूल–ठूला शहरमा घर किन्न साधारण निकै हम्मे–हम्मे हुन थालेको छ।

UK Home.1

सन् २००३ अप्रिलमा ७१ प्रतिशत मानिसका घरको स्वामित्व रहेकामा सन् २०१६ तिर आइपुग्दा यो दर ६४ प्रतिशतमा झरेको छ। बेलायतमा सन् २००० देखि घर किन्न ऋण सुलभ भएदेखि वार्षिक २० प्रतिशतले आठ वर्षसम्म घरको भाउ लगातार बढेको थियो।

त्यतिबेला बैंक तथा वित्तीय संस्थाहरूले उल्लेख्य ऋण लगानी गरे। तर, सन् २००८ मा भएको आर्थिक संकट (क्रेडिट क्रन्च) ले धेरै उथलपुथल ल्याइदियो । केही ठूला बैंकलाई सरकारले उद्धार नै गर्नुपर्‍यो । यसपछि घर किन्ने ऋण दिन कडाइ गरियो।

आफ्नो वार्षिक कमाइको पाँच गुणाभन्दा बढी घरको ऋण (मोर्गेज) नपाइने नियमको खास अवलम्बन गर्न थालियो। घर किन्ने नसकेपछि बहालमा बस्नेको संख्यामा बर्षेनी बृद्धि हुन थालेको छ।

UK Homeप्रकाशन मिति–२०७३ साल फागुन १९ गते विहीवार ।