लण्डन । बेलायतमा कार्यरत पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी लगातार दोश्रो पटक ‘टप टेन एड्भाइजर’ अवार्डबाट सम्मानित भएका छन् । बेलायतमा स्थापित ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक दर्लामी फाइनान्सियल नेटवर्कको प्रतिष्ठित संस्था न्यू लिफको उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

बेलायतको फाइनान्सियल सर्भिस् ९कमर्सियल मोर्गेज, पेन्सन, इन्भेस्टमेन्ट, वील, स्टेट प्लानिङ, इन्सुरेन्स० आदि क्षेत्रमा उत्कृष्ट सल्लाह दिएवापत दर्लामीलाई हालै उक्त अवार्ड दिइएको हो। न्यू लिफको अण्डरमा रहेका सयौं सल्लाहकारमध्ये टप टेन छानिएका दर्लामीले अवार्डवाट कामप्रति जिम्मेवारीवोध र गुणस्तर मेन्टेन गर्न थप प्रेरित गरेको वताएका छन्।

बेलायतको नेपाली समुदायमा लोकप्रिय ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुबै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले नियमित रुपमा नेपाली समुदायमा गएर निःशुल्क परामर्श समेत दिंदै आएको छ 

ए स्टारले यो वर्ष ९ औं वार्षिकोत्सव मनाउन नपाएपनि दशौं वर्ष गांठ भव्य मनाउने भएको छ । उक्त कम्पनीले लण्डन हयाङर लेन (मुख्य कार्यालय), आसफोर्ड, फार्नबोरोपछि रेडिङमा पनि शाखा विस्तार गरेको छ । कोभिड महामारीका कारण बेलायतका अन्य शहरमा शाखा खोल्ने योजना भने स्थगित गर्नु परेको दर्लामीको भनाई छ।

भार्सेमा जन्मिएका दर्लामी ५ सन्तानमध्ये कान्छा हुन् । उनी भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल सकेपछि थप उच्च शिक्षा 
ग्रहण गर्न काठमाण्डौं आए । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएसन गर्न स्वीट्जरल्याण्ड गए।

साइप्रसबाट सन् २००१ मा एमबीए उत्तिर्ण गरेपछि नेपालको पर्यटन बजार सम्वन्धमा विद्यावारिधि (पिएचडी) गर्न बेलायत आएका मीनले यहां आएर प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे। मीनले सर्टिफिकेसन फर मोर्गेजेज, सर्टिफिकेसन फर फाइनान्सियल एडभाइस, पेन्सन ट्रान्सफर स्पेशलिष्ट कोर्ष गरेका छन् । हाल उनी चार्टर्ड सर्टिफिकेसनका लागि परीक्षाको अन्तिम तयारीमा छन् ।

प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स उत्तिर्ण गरेपछि उनी बिजनेश कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे । कलेज व्यवसायमा समेत संलग्न दर्लामीले सन् २०१२ देखि एक्सेस फाइनान्सियल सर्भिसेसमार्फत फाइनान्सियल सर्भिसको व्यवसाय शुरु गरेका हुन्। हाल सोही कम्पनी ए स्टार फाइनान्सियल सोलुसन्स यूके नाममा सञ्चालित छ ।


प्रकाशन मिति–२०७७ साल पुस १६ गते विहीवार ।