काठमाडौं। बेलायतका बैभबशाली राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले बेलायती राज परिवारको बैभबशाली सदस्यता त्याग गरेका छन्। सार्वजनिक जीवनमा फर्केको उदघोष गरेका छन्।

राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने भनेका छन्। अव उप्रान्त ह्यारी र मेगनले औपचारिक रुपमा बेलायती महारानीको प्रतिनितत्व पनि गर्ने छैनन् ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ। फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती पारिवारिक घर रहने बेलायती राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ।

ह्यारी दम्पती रचनात्मक काममा लाग्नेमा आफू आशावादी रहेको महारानी एलिजावेथले विस्वास व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ। ह्यारी र मेघनाले उत्तर अमेरिकामा स्वतन्त्र जीवन बिताउने इच्छा राखेको पनि समाचारमा उल्लेख छ ।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल माघ ५ गते आइतवार ।