Londont Attact 4

लण्डन । लण्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लण्डन प्रहरीले सात व्यक्तिलाई पक्राउ गरेका छन् ।

Londont Attact 3

लण्डन र बामिङ्घमस्थित ती व्यक्ति पक्राउ परेका प्रहरीले बिहीबार जानकारी दिएको छ। सिन्ह्वा समाचार समितिका अनुसार यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्युहुनुको साथै अन्य ४० भन्दाबढी घाइते भएका छन्। लण्डनका महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले छ वटा ठेगानाबाट सात व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

Londont Attact 2

बुधवार अपरान्ह (नेपाली समयअनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर एकजना अपरिचित आतङ्ककारीले राजधानी लण्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ ।

Londont Attact 1यद्यपी एएफपी समाचार समितिले दिएको जनाकारीका अनुसार यस आक्रमणमा दुई जना सर्वसाधारण, एक प्रहरी अधिकारी र एक आक्रमणकारी स्वयम गरी चार व्यक्तिको मृत्यु भएको छ । दुई सर्वसाधारणमा ४० वर्षीय महिला, ५० वर्षीय एक पुरुष र ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको मृत्यु भएको बताइएको छ । आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिकरुपमा खुलासा गरिसकेको छैन्।

प्रकाशन मिति–२०७३ साल चैत्र १० गते विहीवार ।