काठमाडौं। भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ। मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ। भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन्। साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन्। साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो।

दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी रहेको स्रोतले जनाएको छ। प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ।

कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार, संक्रमित भनिएका पुरुष उनी पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवान भएको खुलेको छ। काठमाडौंमा संक्रमित भनिएका वारेमा पनि अनुसन्धान भैरहेको भनिएतापनि खुलासा गरिएको छैन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ३१ गते बुधवार ।