काठमाडौं। कोरोनाको कहरमा भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएपछि कोरोना संक्रमित बस्ने स्थान प्रहरीले सिल गरेको छ। भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बुधवार बिहान प्रहरीले ‘सिल’ गरेको हो।

भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले खुलासा गरेका छन्।

काठमाडौँ महानगरपालिकामा फोहोरमैला सवारीको सवारी चालकको काम गर्दै आएका उनको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।

बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन्। प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले भनेका छन्। Photo By-TVAnnapurna

प्रकाशन मिति–२०७७ साल जेठ ७ गते बुधवार ।