काठमाडौं। भजन गायिका गंगा महर्जनको नेपालभाषाको भजन संग्रह “बुद्ध लुइके” बुद्ध जयन्तीकै दिन सार्वजनिक भएको छ। कीर्तिपुरस्थित नेपालभाषा एकेडेमीको हलमा आयोजित समारोहमा “बुद्ध लुइके” को सार्वजनिक भएको हो। नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक कार्यक्रममा गायिका महर्जनले कार्यक्रमको शुभारम्भ भजन गाएर गरेकी थिइन्।

अत्यन्तै सुरिलो मीठो स्वरकी गायिका गंगा महर्जनको गायन रहेको “बुद्ध लुइके” भजन संग्रहमा रत्न बेहोेसी बज्राचार्य, अनागारिका श्रद्धाचारी, वि।नन्द वैद्य, पवन जोशी, क्रान्ति शाहीको गीत रचना रहेको छ। त्यस्तैगरी संगीत अनिल तुलाधर, रत्न बहोशी बज्राचार्य, सुरेन्द्र श्रेष्ठको रहेको छ भने संगीत संयोजन जुगल डंगोल र सुरेन्द्र श्रेष्ठले गरेका छन्।


नेवाः एफ.एम.की कार्यक्रम संचालिका समेत रहेकी भजन गायिका महर्जनको भजनहरु आर्टोम्यूज रेकर्डिङ स्टुडियो, सूर मेलोडी र अन्नपूर्ण स्टुडियोमा रेकर्ड गरिएको हो। नेवाः एफ।एम। १०६.६ मेगाहर्जद्वारा आयोजित भजन सार्वजनिक कार्यक्रममा एफ.एम.का प्रवन्ध निर्देशक श्रीकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सुरजवीर बज्राचार्यले संचालन गरेका थिए।


प्रकाशन मिति–२०७६ साल जेठ ५ गते आइतवार ।