काठमाडौ। नेपालको राजदरवारमा भयानक दरवार हत्याकाण्ड भएको आज जेठ १९ गतेवाट १७ बर्ष पुगेको छ। मिति २०५८ साल जेठ १९ गतेका दिन नेपाली जनताका प्यारा राजा बीरेन्द्र तथा रानी ऐश्वर्य लगायत राजपरिवारको भयानक हत्याकाण्ड भएको पनि आजवाट १७ बर्ष पुगेको छ।

१७ बर्ष पुगेतापनि राजदरवार हत्याकाण्डका हत्याराको पर्दाफास भने अझै हुन सकेको छैन्। नेपाली जनताका प्यारा राजा बीरेन्द्रको बंश नै नाश हुने गरी भएको राजदरवार हत्याकाण्डको सही तथ्य आजको मितिसम्म पनि बाहिर आउन सकेको छैन्। यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन ।

Late King Birendra with Late Queen Aishwarya Shah

पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन्। यसलेगर्दा पनि नेपालको इतिहासमा जेठ १९ गते इतिहासकै कहालिलाग्दो दिन सावित भएको छ।

Memorable King Birendra.

प्रकाशन मिति–२०७५ साल जेठ १९ गते शनिवार ।