डेनमार्क। डेनमार्कले पूरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएको हो।

अब यससम्बन्धी कानून भने १ अगस्टबाट लागू हुने भएको छ।
कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना तिनुपर्ने तथा दोहोर्‍याएमा दश गुणा बढी जरिवाना गरिने छ। यस प्रतिबन्धको बढी असर बुर्का पहिरिने मुस्लिम महिलामा पर्ने छ।

डेनमार्कको यस निर्णयको एम्नेष्टी इन्टरनेशनलले भने आलोचना गर्दै यो महिला अधिकारमाथिको पक्षपातपूर्ण उल्लंघन हो भनेको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल जेठ १८ गते शुक्रबार ।