काठमाडौ। भारतको नयाँ दिल्ली स्थित घरवाट नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको नोबेल पुरस्कारको प्रमाण पत्र सोमवार राति चोरी भएको छ । केही युवाहरुको समूहले उनको घरको ताला फुटाएर नोबेल पुरस्कारको प्रमाणपत्र पनि चोरेर लगेको प्रहरीले जनाएको छ ।

चोरिएको यही प्रमाण पत्र हो –नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थी र पाकिस्तानकी मलाला युसुफजई।
चोरिएको यही प्रमाण पत्र हो –नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थी र पाकिस्तानकी मलाला युसुफजई।

प्रहरीका अनुसार सत्यार्थी एक कार्यक्रममा भाग लिन कोलम्बियाको राजधानी बोगोटा गएका थिए । चोरले गहना र कयौँ महंगा सामान पनि कुम्ल्याएका छन् । घटनाको खुलासा मंगलवार मात्र भएको हो । पुलिस र फोरेन्सिक विज्ञको टीमले चोरविरुद्ध सवुत जुटाएका छन् । सत्यार्थी दक्षिण–पश्चिम दिल्लीको अलकनन्दा अपार्टमेन्टमा बस्दै आएका छन् । यो दिल्लीको सबैभन्दा नजिकको इलाकाको जीके पार्ट–२ मा रहेको छ।

भारतीय समाचार एजेन्सीका अनुसार सत्यार्थीको नोबेल पुरस्कारको मेडल नभई प्रमाणपत्र चोरी भएको हो । सत्यार्थीले नोबेल पुरस्कारको अवार्ड देशलाई समर्पित गरेका थिए । त्यस मेडललाई राष्ट्रपति भवनमा राखिएको छ । नोबेल पुरस्कार चोरी भएको यो पहिलो घटना भने होइन । २५ मार्च २००४ मा रवीन्द्रनाथ टैगोरको पनि नोबेल पुरस्कार चोरी भएको थियो ।
प्रकाशन मिति–२०७३ साल माघ २५ गते मंगलवार ।