काठमाडौ। नेपालमा भारतवाट रेल गुडाउने विषयमा नेपाल–भारत सहमत भएको छ। बिमस्टेक शिखर सम्मेलनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा हस्ताक्षर गरेपछि रेल आउने निश्चित भएको हो।

भारतको रक्सौलवाट नेपालको काठमाडौ चोभारसम्म रेल गुडाउने विषयमा हस्ताक्षर भएको हो। सो सम्झौतामा काठमाडौँ–रक्सौल रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्राविधिक तथा प्रविधिको प्रयोगसमेत भारत सरकारका तर्फबाट हुने उल्लेख छ।

एक वर्षभित्र अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सम्झौताअनुसार भारत सरकारले आफ्नै लगानीमा आफ्नै प्रविधिको प्रयोग गरेर उक्त रेलमार्गको अध्ययन गर्नेछ।

प्रकाशन मिति–२०७५ साल भदौ १५ गते शुक्रबार ।