ललितपुर। बिमस्टेक शिखर सम्मेलनमा नेपाल आएकी म्यान्मारकी प्रथम लेडी चो चोले पाटन दरबार स्क्वायर अवलोकन भ्रमण गरेकी छन्।

शुक्रबार मध्याह्न पाटन पुगेकी चो चोले सुन्दरी चोक, मूलचोक, केशवनारायण चोकको अवलोकन गरेकी हुन्। र गोल्डेन टेम्पलमा पुगेर पूजासमेत गरेको जानकारी ज्यापु समाज यलःकी सह–सचिव सरिता महर्जनले भिजन संसार डटकमलाई दिएकी छन्।

नेपालकी प्रथम लेडी प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यसँग पाटन पुगेकी चो चोलाई सुरुमा सुन्दरीचोक लगिएको थियो। चो चोका साथमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशी, महानगर प्रहरी परिसर जावलाखेलका एसएसपी रवीन्द्र धानुकलगायत वडाध्यक्षसमेत उपस्थित थिए।

चो चोले गोल्डेन टेम्पलमा राखिएको पुस्तिकामा प्रतिक्रिया लेखेकी छन्। ज्यापु समाज यलःले देखाएको सांस्कृतिक नाच अत्यन्त अभिरुचिपूर्वक म्यान्मारकी प्रथम लेडी चो चोले हेरेकी थिइन्।

प्रकाशन मिति–२०७५ साल भदौ १५ गते शुक्रबार ।