काठमाडौ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन काठमाडौमा सम्पन्न भएको छ। बिमस्टेको चौथो शिखर सम्मेलनले अझै प्रभावकारी र बलियो बिमस्टेक बनाउनेबारे बिभिन्न प्रतिवद्दता समेत जनाएको छ। १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्पन्न बिमस्टेक शिखर सम्मेलनले सदस्य राष्ट्रबीच आपसी सम्पर्क र सहयोग विस्तारमा बिभिन्न योजना अघि सारेको हो।

सदस्य राष्ट्रबीचको सम्पर्क विस्तारलाई मुख्य प्राथमिकता दिएको यो सम्मेलनले यसका लागि बृहद गुरु योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाएको छ। थाइल्याण्डको विशेष आग्रहमा एसियाली विकास बैंकले सडक, रेल, इन्टरनेट कनेक्टीभिटीको मास्टर प्लान बनाउने भएको छ। सोही गुरु योजनालाई सबै देशका योजना आयोगले राष्ट्रिय योजनामा आवद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बिमस्टेकका निर्धारित क्षेत्र र त्यसको नेतृत्व गर्ने राष्ट्रले अझै प्रभावकारी जिम्मेबाररुपमा प्रस्तुत हुने सम्मेलनमा सहमति भएको छ। निकट भविस्यमै रेल सडक विद्युत इन्टरनेटबाट कनेक्टीभिटी हुने छ। अब बन्ने बिमस्टेक स्थाई समितिले यसबारे थप निर्णय लिदै जाने भएको छ। बिमस्टेकका कामलाई स–शक्त बनाउन बिमस्टेक कोषको स्थापना गर्ने सहमति पनि सम्मेलनले गरेको छ।

यस्तो कोषमा सदस्य राष्ट्रले स्वैच्छिक रुपमा रकम जम्मा गर्ने व्यवस्था गरिएको छ। चौथो शिखर सम्मेलनले जलवायु परिवर्तनका गम्भिर असरहरु यो क्षेत्रले भोगिरहेको भन्दै त्यसको न्युनीकरणका लागि साझा पहल गर्ने प्रतिवद्धता जनाएको छ। बढी जोखीम र क्षति भोगेका राष्ट्रले बिभिन्न सहुलियत पाउने भएको छ।

क्षेत्रीय व्यापार सहजीकरणका लागि थप अध्ययन गर्ने तय सम्मेलनले गरेको छ।भूपरिबेस्टित मुलुकलाई पनि विशेष सहुलियत दिने विषयमा कुरा भएको छ।
गरिबी निवारणका प्रयासलाई सार्थक बनाउन संयुक्त राष्ट्रसंघीय प्रयास भिजन २०३०सँग तादम्यता मिलाउने सहमति भएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ १५ गते शुक्रबार ।