नयाँदिल्ली। भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा गान्धी परिवारबाट प्रियङ्का गान्धी राजनीतिमा होमिएकी छन् ।

सक्रिय राजनीतिमा होमिएसँगै उनलाई भारतीय विपक्षी दल कांग्रेसले महासचिवको जिम्मेवारी दिएको छ। सन् २०१९ को चुनाव भन्दा अगाडि राजनीतिमा होमिएकी प्रिय‌‌ङ्कालाई कांग्रेसले महासचिव बनाउँदै पूर्वी उत्तर प्रदेशको कमान सम्हाल्न लगाएको हो।

पार्टी अध्यक्ष राहुल गान्धीले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै प्रियङ्का र अर्का नेता ज्योतिरादित्यलाई उत्तर प्रदेशमा पठाइएको बताउँदै अब उनीहरुले त्यहाँ समग्र विकासका लागि भूमिका खेल्ने बताए।
(भारतीय समाचार माध्यमको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल माघ १० गते विहीवार ।