काठमाडौं। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो इनिङ भएको छ। दोश्रो इनिङका क्रममा मोदीको भव्य रुपमा नयाँ दिल्लीमा सपथ ग्रहण भएको छ।

सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्री बनेर विश्वभर चर्चामा आएका नरेन्द्र मोदीले दोस्रो कार्यकाल विहीवार साँझवाट सुरुआत गरेका छन्।

अभूतपूर्व विजय हासिल गरेका नरेन्द्र मोदीले दोस्रो कार्यकालको शपथग्रहणमा पहिलेभन्दा फरक देखिएको छ। अघिल्लोपटक ‘सार्क’ सदस्य राष्ट्रहरुलाई डाकेका मोदीले यसपटक भने ‘बिम्स्टेक’ सदस्य राष्ट्रहरुलाई डाकेर पाकिस्तानलाई पाखा लगाउने कार्य गरेका छन्।

फरक व्यक्तित्व र जीवनशैलीका पहिलो कार्यकालमा नरेन्द्र मोदी विश्वभर नै चर्चामा रहेका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ १६ गते विहीवार ।