काठमाडौं। भारतमा लगातार २१ दिनका लागि गरिएको लकडाउन भोलि बैशाख ३ गते सकिने भएको छ। लकडाउन सकिने एकदिन अगाडि आज मंगलवार थप २१ दिनका लागि लकडाउन थपिएको घोषणा भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले थप तीन हप्ता अर्थात आगामी बैशाख २१ गतेसम्मका लागि लकडाउन बढाएको राष्ट्रवासीका नाममा संवोधन गर्दै घोषणा गरेका हुन।

आगामी बैशाख १८ गते अर्थात ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन्।

भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २ गते मंगलवार ।