Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
लकडाउनमा मदनकृष्ण श्रेष्ठको सुखदुःखले शिवहरि खनाललाई भक्कानो फुट्ने गरी रुवायो.. – VisionSansar.com
Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। हरेक छोरा–छोरीका लागि बाउ हारेकै हुन्छ। त्यो हारेको बाउको कथावस्तु वोकेको पचासको दशकको सुपरहिट नेपाली कथानक चलचित्र सुखदुःख वर्तमान अवस्थामा पनि त्यतिकै सान्दर्भिक देखिएको छ।
यो चलचित्र सुखदुःख हेर्नेहरुको आँखावाट बलिन्द्र आँशु झर्ने गरेको छ। कति त रुन्न भन्दाभन्दैपनि रुने गरेका छन्। अझ छोराछोरीका साथमा यो चलचित्र हेर्ने बाउ–आमाहरु धरधरी रुने गरेका छन्। कोही त भक्कानिएर रोएको पनि पाइन्छ।
यसरी यो चलचित्र हेरेर भक्कानिएर रुने बाउमध्येका एक बाउ स्व.राजा बीरेन्द्र प्रतिष्ठानका अध्यक्ष तथा सामाजिक अभियन्ता शिवहरि खनाल पनि हुन। नेपाली चलचित्रको अत्यन्त क्रेजी सामाजिक अभियन्ता खनाल लकडाउनको २१ दिनमा परिवारका साथ नेपाली चलचित्र सुखदुःख हेर्दाहेर्दै भक्कानो छाडेर रोएको खनालकी पत्नी सावित्री खनालले भिजन संसार डटकमलाई बताएकी छन्।
जिन्दगीमा आमा वितेको बेला वाहेक हालसम्म त्यसरी नरोएको बताउने शिवहरि खनाल चलचित्र सुखदुःखमा कमेडी किङ मदनकृष्ण श्रेष्ठको गंभीर भूमिकावाट मन भक्कानिएर आएको भन्छन्। आफू तीन बर्षको उमेरमा पिता बेपत्ता भएको र हालसम्म पितालाई भेट्न नपाएको त्यो गंभीर यथार्थतावाट गुज्रेको जिन्दगीमा चलचित्र सुखदुःखले धेरै रुवाएको शिवहरि खनाल बताउंछन्।
जिन्दगीमा पहिलो नेपाली चलचित्र आमा देखि हालसम्म कयन नेपाली चलचित्र हेरेको भएतापनि यो जतिको राम्रो चलचित्र आफूले नपाएको टिप्पणी पनि शिवहरि खनालको रहेको छ। प्राय रंगमञ्च, टेलिफिल्म तथा फिल्महरुमा साह्रै हसाउने कमेडी किङ मदनकृष्ण श्रेष्ठले यो चलचित्रको एक सिनमा पनि हसाएको छैन्। प्रत्येक सिनमा गंभीरता रहेको छ।
गंभीर अनि जिम्मेवार पिताको भूमिकामा कमेडी किङ मदनकृष्ण श्रेष्ठ रहेका छन्। शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको चलचित्र सुखदुःखमा मदनकृष्णको छोराको भूमिकामा केशव भट्टराई, नातिको रोलम श्रीकृष्ण श्रेष्ठ तथा पत्नीको भूमिकामा मिथिला शर्मा रहेकी छन्। त्यस्तै बुहारीको भूमिकामा श्रीषा कार्की र नातिनी बुहारीको रोलमा झरना थापाको बेजोड अभिनय रहेको छ।
यो चलचित्र हेरेको दिन मदनकृष्ण श्रेष्ठको बास्तविक जीवनको छोराबुहारी रिंकु बज्राचार्य श्रेष्ठ पनि धेरै रोएकी थिइन्। भिजन संसार डटकमलाई प्रतिक्रिया दिदै चलचित्र सुखदुःख आफूहरु अमेरिका हुंदा अमेरिकामा नै हेरेको र ड्याडीको रोलवाट साह्रै रोएको अनि तत्काल ड्याडीलाई अमेरिकावाटै फोन गरेर धेरै रोएको त्यो पल कहिलेपनि विर्सन्न भनेर रिंकुले भनेकी छन्। कमेडी किङ मदनकृष्ण श्रेष्ठले अभिनय गरेको हालसम्मकै गंभीर र सफल चलचित्र सुखदुःख बनेको छ।