काठमाडौ। भारतको सर्वोच्च अदालतले समलिंगी यौनलाई भारतमा मान्यता दिने फैसला गरेको छ। अदालतले दुई समलिंगीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिंगी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको अन्तरराष्ट्रिय समाचार संस्था एएनआईले उल्लेख गरेको छ।

झण्डै १ सय ५७ वर्ष पुरानो कानुन र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले फैसला गरेको हो। पुरानो कानुनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिंगी यौन सम्बन्धलाई अवैध भनिएको थियो । ‘अप्राकृतिक कसूर’ को व्यवस्था भएको ‘सेक्सन ३७७’ भनेर चिनिने पुरानो कानुनी प्रावधानलाई न्यायाधीशहरूले सर्वसम्मतिले अन्त्य गर्ने फैसला गरेका हुन् ।

सन् २०१३ मा सर्वोच्च अदालतले पुरानो कानुनलाई नै सदर गर्ने गरी गरेको फैसलाको ती न्यायाधीशहरूले पुनरवलोकन गरिरहेका थिए । भारतका प्रधानन्यायाधीश दीपक मि श्रको अध्यक्षतामा बसेको पाँच सदस्यीय संवैधानिक इजलासले गरेको यो निर्णयको धेरैतिरबाट स्वागत भएको छ।

इजलासले पुरानो कानुन सच्याउनसमेत सुझाव दिएको छ। गोपनीयता र सामाजिक तथा नैतिक पक्षलाई पनि ध्यान दिनुपर्ने फैसलामा उल्लेख गरिएको समाचारमा जनाइएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ २४ गते आइतवार ।