काठमाडौं। ख्यातिप्राप्त अभिनेता पवन जोशीले लेखन रहेको गीतको भिडियो छोटो अवधिमा युट्युब च्यानलमा सुपरहिट बनेको छ। गीतकार जोशीको गीत भुतुमाली ब्वंथे ब्वल बोलको गीतको भिडियो विश्वव्यापी छोटो समयमा हिट बनेको हो।

जुन गीतलाई नेपालकी अर्गानिक गायिका पूजा सुनुवार र गायक मचाराजा महर्जनले गाएका हुन्। गीतकार पवन जोशी र इभेन्ट म्यानेजमेन्टमा अग्रणी व्यक्तित्व स्वतन्त्र संसार महर्जनको संयुक्त निर्देशनमा उक्त गीतको म्युजिक भिडियो निर्माण भएको हो। अनिल तुलाधरको संगीत रहेको छ।

यस गीतको भिडियोको सक्सेस पार्टी संपन्न भएको छ। विहीवार ललितपुरको खोकना स्थित कार्यविनायक मन्दिर परिसरमा संसार क्रियसनले सक्सेस पार्टी गरेको हो। ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनको प्रमुख आतिथ्यतामा भएको सक्सेस पार्टीमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का विशेष आतिथ्यता रहेको थियो।

स्पाइनल ट्युमरवाट पीडित स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले बेग्लै ढंगवाट आयोजना गरिएको सक्सेस पार्टीमा एक से एक कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए। त्यसमध्ये, स्वतन्त्र संसार महर्जनकै जिन्दगीको कथा वोकेको गीतको प्रस्तुतिले सवैलाई रुवाएको थियो।

पवन जोशीले लेखेको उक्त गीतलाई गायक कृष्ण महर्जन र गायिका सरिता शाहीले वास्तविकतालाई उजागर गर्दै गीत गाइदिदा आयोजक स्वतन्त्र संसार महर्जन देखि उपस्थित प्राय सवैको आँखावाट बलिन्द्र आँशुको धारा चुहिएको थियो। मार्मिकता तथा गंभीरतामाझ रमझम भएको सक्सेस पार्टी अतुलनिय नै बनेको थियो। सहयोगी मन सवैलाई संसार क्रियशनले सम्मान प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल भदौं १३ गते शुक्रवार ।