काठमाडौं। नेपालका ख्यातिप्राप्त प्रतिष्ठित हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठ नेपाल सरकारवाट सम्मानित बनेका छन्। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयव्दारा प्रतिस्थापित राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ वाट बहुमुखी प्रतिभाका धनी श्रेष्ठ सम्मानित बनेका हुन।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरिएको हो। अभिनेता श्रेष्ठ स्वास्थ्यको कारण प्रधानमन्त्री निवासमा उपस्थित हुन नसकेपनि अभिनेता श्रेष्ठको सुपुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेको जानकारी अभिनेता श्रेष्ठकी बुहारी रिंकु बज्राचार्य श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्।

रिंकु बज्राचार्य श्रेष्ठका अनुसार, सवैको प्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्यलाभ गरिरहेका छन्। पहिलाभन्दा श्रेष्ठको स्वास्थ्य निक्कै राम्रो रहेको जानकारी पनि रिंकु बज्राचार्य श्रेष्ठले दिएकी छन्।

प्रकाशन मिति–२०७८ साल असार २६ गते शनिवार ।