मध्यपुर थिमि । नेपालको राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा शंखधर पार्क उदघाटन भएको छ। भक्तपुरको सुन्दर नगरी मध्यपुर थिमि स्थित चाइना रोड शंखधर चोक स्थित मनोरम शंखधर पार्क आइतवार उदघाटन भएको हो।

मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्माण भएको मनोरम शंखधर पार्कको उदघाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यवाट भएको छ।

मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठले प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई स्वागत गर्दै शंखधर पार्कको बस्तुस्थिति अवलोकन गराएका थिए। मनोरम परम्परागत लिच्छबी कालिन शैलीमा निर्माण भएको मध्युपर थिमिको शंखधर पार्क नमूनामय मनोरम पार्क भएको छ।

हाईवे माझ रहेको उक्त शंखपार्क देख्नेहरुले पनि वाह भन्ने गरेर निर्माण भएको छ। राष्ट्रको ऋणमोचन गरेर राष्ट्रवासीलाई ऋणमुक्त वनाउने राष्ट्रिय विभूति शंखधर साख्वाले नै नेपालको मौलिक संवत नेपाल संवत चलाएका थिए ।

प्रकाशन मिति–२०७८ साल कात्तिक २८ गते आइतवार ।