काठमाडौ। रुप–यौवन, अभिनय तथा खानदानीका कारण नेपाली फिल्मलाइनमा महंगी नायिकाको उपमा पाएकी साम्राज्ञी राज्य लक्ष्मी शाहको यतिखेर खुवै चर्चा रहेको छ। त्यो चर्चा विशेषत कुनै सामाजिक योगदानको कारण नभइकन साम्राज्ञीको त्यही रुप–यौवन तथा पहिरनले गर्दा भएको हो।

नेपालमा भन्दा नेपालबाहिर हुंदा अति नै खुल्ने गरेकी साम्राज्ञी अष्ट्रेलियाको सिडनी स्थित ब्रिसवेन सामुद्रिक तटमा बिकनी अवतारमा खुलेको फोटोले चर्चा पाएको हो। साम्राज्ञी अभिनित चलचित्र ए–मेरो हजुर–२ नामक चलचित्रको रिलिजको क्रममा सोही चलचित्रकी निर्मात्री तथा निर्देशक झरना थापाको साथमा त्यहाँ पुगेकी साम्राज्ञी त्यसरी बिकनीमा खुलेको तस्बीर सामाजिक संजाल मार्फत साम्राज्ञीले सार्वजनिक गरेपछि ती फोटाहरु भाइरल बनेका हुन्।

नेपालका सुपरस्टार भुवन केसी निर्मित तथा निर्देशित चलचित्र ड्रिम्स मार्फत नेपाली चलचित्रवाट साम्राज्ञीले डेब्यु गरेकी थिइन्। ड्रिम्समा अनमोल केसीकी ड्रिम्स गर्ल बनेकी साम्राज्ञी एउटै चलचित्र ड्रिम्सवाटै हिट बनेकी भाग्यमानी नायिका पनि हुन्। जसको कारण उनको रेट पनि निक्कै बृद्धि भएको हो।

प्रकाशन मिति–२०७४ साल मंसीर १७ गते आइतवार ।