काठमाडौं। मह अर्थात ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले उचालेको मान्छे अरु कोही नभइकन उही सुपारी चपाएर ज्वाई साँब तेल घसौं भन्ने चर्चित हांस्य कलाकार नरेन्द्र कंसारका नै हुन। नरेन्द्र कंसाकारको आदर्श भनेकै मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नै हो।

आफूलाई अरुले नभइकन कला यात्रामा महले नै उचालेको भन्न गौरबता महशुश गर्ने कलाकार कंसाकार वास्तवमा भारतीय अभिनेता महम्मुदवाट प्रभावित भएर कला क्षेत्रमा हाम फालेका हुन। प्रारम्भमा हरिहर शर्मासंग अभिनय सिकेका कलाकार कंसाकार महसंग आवद्ध भएयता विगत दुई दशकदेखि महसंगै आवद्ध भएर कार्यरत रहेका छन्।

मह सञ्चारका व्यवस्थापक समेत रहेका कलाकार कंसाकारको कार्यवाट मह दुवै अत्यन्त प्रभावित छन्। दुवैले कलाकार कंसाकार इमान्दार तथा निष्ठावान कलाकार भनेर तारिफ गरेका छन्। महको चर्चित टेलिसिरियल रातमा सुपारी चपाएर ज्वाई बनेका हरिवंश आचार्यलाई लखेटी लखेटी तेल घस्न दगुर्ने उनै ससुरा कलाकार कंसाकारले महका अधिकांस चलचित्र तथा टेलिचलचित्र खेलेका छन्।

हिजोआज काठमाडौंको दरवारमार्ग स्थित विश्वविख्यात बिबा सपमा देखिने गरेका उनी छोराको पसल भएको कारण फुर्सद भएको बेला यदाकदा आएर बस्ने गरेको वताउंछन्। अधिकांस समय मह सञ्चारमा नै वित्ने गरेको पनि कलाकार कंसाकारले भनेका छन्।
प्रकाशन मिति–२०७९ साल साउन ७ गते शनिवार ।