Sushila Karkiकाठमाडौ। नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू कति पनि बिचलित नभएको बताएकी छन्। कार्कीले यसको डटेर सामना गर्ने समेत जिकिर गरेकी छन्।

सोमबार प्रकाशित नागरिक दैनिकसँग कुराकानी गर्दै प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ भन्ने प्रश्नको जवाफमा कार्कीले आफूलाई त केही फिल नै भएको छैन। ममाथि महाभियोग लाग्छ भन्ने पहिल्यै थाहा थियो भनेर सहज जवाफ दिएकी छन्।

आफूले न्यायप्रतिको निष्ठा र इमान्दारितामा कहिल्यै सम्झौता नगरेको समेत स्पष्ट पारेकी छन्। कार्कीले कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपको समेत खण्डन गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।