RaPraPaकाठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रति असहमत जनाएको छ।

यसै कुरालाई मूल विषय बनाएर राप्रपाले सोमबार सरकार छोड्ने भएको छ। राप्रपा स्रोतका अनुसार सोमबार बिहान केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर सरकार छोड्ने निर्णय हुने भएको छ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी छन्।

प्रकाशन मिति–२०७४ साल बैशाख १७ गते आइतवार ।