काठमाडौं। बाउको सपना र आमाको मेहनतले बनेकी कलाकार तथा मोडल मिना लामाको चाहना र सपनाले क्रमिक रुपमा साकारता पाउंदैगएको छ। एक पछि अर्को म्युजिक भिडियो तथा साना–ठूला चलचित्रमा काम गर्ने मौका पाउंदैगएको हो।

यसक्रममा अजय स्याङतान निर्देशित विलकुलै नयाँ गीतको भिडियो तिम्रो साथ मेरो हातमा कलाकार तथा मोडल मिना लामाको पछिल्लो अभिनयले साकार पाएको छ। तिम्रो साथ मेरो हातमा सागर घिसिङसंगको युगल अभिनयमा छपक्कै रमेकी नायिका मिना लामाको अभिनयले थप चर्चा पाएको छ।

सवैले उनको अभिनयलाई वाहवाही भन्ने गरेको छ। बुलन्द अभिनय तथा बेजोड नृत्य गर्नमा माहिर कलाकार मिना लामाको विशेषता नै हो । यस विशेषता वोकेकी मिना लामाले यसअघि विभिन्न डान्स कार्यक्रमहरुमा पनि कुशलता प्रदर्शन गरिसकेकी छन्।

त्यसको अलावा दशैं–तिहार संवन्धी यथार्थपरक एक गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन्। यसवीचमा विभिन्न म्युजिक भिडियो तथा फिल्मवाट पनि मिना लामालाई अफर आइरहेको छ। समय मिलाएर काम गर्दैआएको उनले वताएकी छन्।
प्रकाशन मिति–२०७९ साल असोज २७ गते विहीवार ।