काठमाडौ। नेपाली चलचित्र उद्योगमा ड्रेससेन्स भएका नायिकाको भिडमा रेखा थापाको आगमनले आमूल परिवर्तन नै ल्याइएको पाइन्छ। विशेषत रेखा थापाको आगमन पश्चात नेपाली चलचित्रमा मिनिस्कर्टको बहार नै ल्याउने कार्य भएको छ।

रेखा थापासंग अरु ड्रेसभन्दा मिनिस्कर्ट नै बढी भएको रेखा थापा आफैले भनेकी छन्। रेखा थापाले अभिनय गरेका एक से एक चलचित्रमा कुनै न कनुै तौवरवाट मिनिस्कर्ट प्रयोग भएको पाइन्छ। एक सय जोर भन्दा बढी मिनिस्कर्ट अझैपनि रेखा थापाको दराजमा सुरक्षित रहेको छ।

यसलेगर्दा पनि कतिपय अवस्थामा रेखा थापालाई मिनिस्कर्टवाली पनि भन्ने गरेको छ। रेखा थापाले ल्याएको यो नयाँ ट्रेण्डसंगै नेपाली चलचित्र उद्योगमा उही गुन्यु–चोली लाउने पुरानो ट्रेण्ड तोडिएको महशुश गरिएको छ।

रेखा थापा पछिका नायिकाहरुलाई रेखा थापाको यो ट्रेण्डले अझ सहज बनाएको छ। उनीहरु रेखा थापा भन्दा छोटा मिनिस्कर्ट लाएर निस्फिक्री अभिनय गर्न मज्जा मान्दैआएको पाइएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २३ गते बुधवार ।