काठमाडौं। मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ संपन्न भएको छ। प्रमिला तामाङको सभापतित्व तथा बरिष्ट समाजसेवी जगत बहादुर गुरूङको प्रमुख आतिथ्यतामा मिस्टर एण्ड मिस किड्स आईकन नेपाल सम्पन्न भएको हो।

कार्यक्रममा रिदम घिसिङ र अक्सा तामाङ संयुक्त रुपमा विजेता बनेका छन्। प्रतियोगितामा दुई उमेर समूह रहेको थियो। जसमा ८ देखी १२ सम्म ग्रुप ‘ए’ र १२ देखी १४ उमेरका ‘बी’ ग्रुप छुट्याइएको थियो। अक्सा ग्रुप ‘ए’ बाट विजयी भएकी हुन भने रिदम ग्रुप ‘बी’ बाट विजयी भएकी हुन।

सनसाईन प्रोडक्सनले आयोजना भएको कार्यक्रममा ग्रुप ‘ए’ बाट दोस्रोमा आकृति भित्रकोटी र ग्रुप ‘बी’ बाट पलिस्था प्रजापति विजयी बनेका छन्। तेस्रो स्थानमा ग्रुप ‘ए’ बाट खुशी शाही र ग्रुप ‘बी’ बाट एजेन गुरुङ विजयी भएका छन। प्रतियोगितामा सहभागीलाई विभिन्न शिर्षकमा उपाधी दिइएको थियो।

विजेताहरुलाई युवा नेता तथा बरिष्ठ समाजसेवी जगत बहादुर गुरुङले ताज पहिर्याएका थिए। त्यस्तै कार्यक्रममा विशिष्ट अतिथी हिमालयन कलेजका प्रिन्सिपल रामहरी सिलवालले प्रमाणपत्र दिएका थिए। प्रथम हुनेलाई नगद १५ हजार,ट्रफी, प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार,ट्रफी सहित प्रमाणपत्र,तृतीय हुनेलाई नगद ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र दिइएका थियो।
प्रकाशन मिति–२०७५ साल असोज १५ गते सोमवार ।