Indira Joshi.2काठमाडौ। नेपाली पपस्टारमा निक्कै हट तथा आकर्षक मानिएकी गायिका इन्दिरा जोशी पहिलाको तुलनामा अलि मोटाएकी छन्। स्लीम शरीर तथा छिनिएको कम्मरका कारण निक्कै आकर्षक मानिएकी पपस्टार इन्दिराको गायनको अलावा उनको डान्स गर्ने मोहक तरीकाले सवैलाई मोहित बनाइरहेको देखिन्छ।

पातलो शरीर अलिकति मोटाउन थालेयता पनि उत्तिकै आकर्षक तथा मोहक देखिएकी इन्दिरा भने अमेरिकाको भिसा नलागेकोमा अलि चिन्तामा देखिएकी छन्। अमेरिकाको प्रोग्रामको लागि गत हप्ता काठमाडौ स्थित अमेरिकी राजदूतावासमा भिसा आवेदन गरेकी इन्दिराको भिसा रिजेक्ट भएको छ।

Indira Joshiभिसा रिजेक्ट हुनुको कारण स्वयम् इन्दिरालाई पनि थाहा भएको छैन्। विश्वका धेरै देशमा प्रोग्रामको सिलसिलामा पुगिसकेकी इन्दिरालाई किन र के कारणले भिसा नदिएको हो भन्ने कुरा दूतावासले पनि स्पष्ट पारेको छैन्। यसले गर्दा मात्र अलिकति तनाब भएको नत्र, खासै केही नभएको बताएकी छन्। यसअघि चर्चित लोकदोहरी गायिका कोमल ओलीको पनि इन्दिरा जोशीको जस्तै अमेरिकी दूतावासले भिसा आवेदनलाई रिजेक्ट गरिदिएको थियो।

प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।