काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक सीताराम पोखरेलले प्रत्येक बर्षको ४ अक्टोबरका दिन जन्म दिन मनाउने गरेका छन्। त्यो पनि घर तथा पार्टीप्यालेसमा धुमधामकासाथ भोजभतेर गरेर नमानिकन प्रत्येक बर्ष सामाजिक कार्य गरेर मनाउने गर्दैआएका हुन।

त्यसका क्रममा यो बर्षको ४ अक्टोबर आइतवारका दिन चन्द्रागिरि नगरपालिका वडा नंबर ११ स्थित गुर्जुधारा सतुंगलमा रहेको आमाघरमा गएर जन्मदिन मनाएका छन्। १५ जना बृद्धाआमाहरु रहेको सतुंगलको आमाघरमा आमाहरुका साथमा गायक पोखरेलले जन्मदिनको केक काटेका थिए।

त्यसको लगतै आमाघरमा रहेका आमाहरुलाई विहानको एकछाक मासुभात खुवाउने कार्य पनि गायक पोखरेलले गरेका थिए। बृद्धाआमाहरुका साथ आमाघरमा जन्मदिन मनाउन पाउंदा ज्यादै खुशी लागेको गायक पोखरेलले भिजन संसार डटकमलाई प्रतिक्रिया दिएका छन्।

यसअघिका बर्षहरुमा काठमाडौं र काठमाडौं वाहिरका विभिन्न बालआश्रम, अपाङआश्रम लगायतका स्थानहरुमा पुगेर यसरी नै जन्मदिन मनाउने कार्य गायक पोखरेलवाट भएको छ। 

प्रकाशन मिति–२०७७ साल असोज १८ गते आइतवार ।