काठमाडौं। धादिङ ,नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेन्दोमाया गीतको भिडियोलाई क्रमिक रुपमा सार्वजनिक गर्ने कार्य भैरहेको छ। त्यस कार्यमा तामाङ भाषाका चर्चित गायक रोम लामा ब्लेन्देन अत्यन्त सक्रिय देखिएका छन्।

गायक रोम लामा ब्लेन्देनकै गायनमा पछिल्लो मुरालीचे सै सैकोले म्हेन्दोमाया डान्सिङ नम्बर गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। गायक रोम लामा ब्लेन्देन र गायिका लक्ष्मी स्याङतानको मिठो अवाजमा सजिएको यस गीतको शब्द –संगीत भने चर्चित म्हेन्दोमाया गायिका मिना लामा थोकरको रहेको छ।

गीतको भिडियोमा राज किङ वाइवा र गायिका लक्ष्मी स्याङतानको बेजोड अभिनय रहेको छ। निर्देशन जोन राईको रहेको छ। प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्नका लागि गायक लामाले निरन्तरता तामाङ भाषाका गीतहरु बजारमा ल्याउंदै गरेको जानकारी बेलायतमा रहेकी समाज सेवी गायिका देशु गोलेले भिजन संसार डटकमलाई दिएकी छन्।

प्रकाशन मिति–२०७६ साल पुस १३ गते आइतवार ।