काठमाडौं। सवैको चासो र महत्वको विषय बनेको ऐतिहासिक धरहरा पूर्नरनिर्माणले तिब्रता पाएको छ। यस कार्यमा अग्रता प्रदान गर्न सुन्धारा मार्ग टेबहाल र खिचापोखरीलाई जोड्ने परम्परागत बाटो सार्वजनिक आवत–जावतका लागि खुल्ला गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २२ का वडा अध्यक्ष चीनकाजी महर्जनको अगुवाईमा उक्त ऐतिहासिक वाटो सर्वसाधारणका लागि आइतवारवाट खुल्ला गरिएको हो।

नेपाल राष्ट्र बैंकको टक्सार विभागको भवन त्यहाँ स्थापित बनेपछि धेरै बर्षदेखि बन्द गरिदैआएको उक्त बाटो टक्सार विभागको सहमतिमा नै खोलिएको जानकारी वडा अध्यक्ष चीनकाजी महर्जनले भिजन संसार डटकमलाई बताएका छन्।

वडा अध्यक्ष महर्जनका अनुसार, यसअघि यस वाटो बर्षको एकपल्ट नेवारहरुको परम्परागत पर्व पाँहा–चह्रेको एक दिनमात्र देउता ल्याउनका लागि खुल्ला गरिने गरेको बाटो अव सर्वसाधारणका लागि खुल्ला भएको हो। ऐतिहासिक धरहरा पूर्नरनिर्माणका क्रममा सर्वसाधारण आवतजावत गर्न वाटो अत्यन्त आवश्यक देखिएकोले खुल्ला गरिएको वडा अध्यक्ष महर्जनको भनाई रहेको छ।

आइतवार आयोजित  बाटो खुल्ला गर्ने कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्रज नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठ, ३ नंबर प्रदेशका सांसद राजेश शाक्यका साथमा इन्द्रमान तुलाधर, राधाकृष्ण महर्जन, राजेश डंगोल,गोविन्द महर्जन, अनिल तुलाधर, प्रेमधर शाक्य लगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। युगौदेखि बन्द रहंदै आएको बाटो खुल्ला हुंदा सुन्धारावाट खिचापोखरी आवतजावत गर्न सहज भएको सर्वसाधारणको भनाई रहेको छ।


प्रकाशन मिति–२०७५ साल पुष ८ गते आइतवार ।