काठमाडौं। अग्रज नेपाली गायक तथा संगीतकार सूर्य थुलुङको जन्मथलो इलाम फिक्कलमा विशेष सम्मान भएको छ। इलामको सूर्योदय नगरपालिकाले अग्रज गायक तथा संगीतकार थुलुङको विशेष सम्मान गरेको हो।

 इलामवाट चुनाव लडेर नेपालको प्रधानमन्त्री समेत बनिसकेका नेकपाका बरिष्ठ नेता झलनाथ खनालवाट अग्रज गायक तथा संगीतकार थुलुङको विशेष सम्मान भएको थियो। त्यस्तै गरेर, वरिष्ठ पत्रकार तथा पूर्व नेपाल टेलिभिजनका निर्देशक दुर्गानाथ शर्मा,पूर्ब नेपाली सेनाका कर्णेल डम्बर सिंह गुरुङ्ग, वरिष्ठ गीतकार बुद्धबिर लामा र नरहरि शर्मालाई पनि सम्मान गरिएको थियो।

सूर्योदय नगरपालिकाका मेयर रणवहादुर राईले सूर्योदय नगरपालिकाका स्रष्टाहरुको विशेष सम्मान गर्न पाउंदा आफूलाई अत्यन्त गौरबता लागेको र सम्मानित सवै स्रष्टा सूर्योदय नगरपालिकाको शान तथा गौरब भएको पनि प्रतिक्रिया व्यक्त गरेका छन्। सोही अवसरमा मेयर राईले सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।


प्रकाशन मिति–२०७६ साल साउन १८ गते शनिवार ।