काठमाडौं। यो बर्षको मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनी–एन सिंहले जितेकी छन्। शनिवार लण्डनमा भएको मिस वर्ल्डको फिनालेमा सिंहलाई विजेता घोषणा गरिएको हो।

प्रतियोगितामा फर्स्ट रनर–अप फ्रान्सकी ओफ्ली मेजिनो तथा सेकेण्ड रनर–अप भारतकी सुमन रतनसिंह राव भएकी छन्। मिस वर्ल्ड २०१९ मा नेपालकी अनुष्का श्रेष्ठ भने टप–१२ बाट बाहिरिइन्। तर अनुष्काले यो वर्षको मिस वर्ल्डको ब्युटी विथ प्रपोज अवार्ड भने जित्न सफल भएकी छन्। यसअघि उनले हेड टु हेड च्यालेन्ज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।

मिस वर्ल्ड २०१९ को उत्कृष्ट ५ मा भारत, जमैका, फ्रान्स, नाइजेरियाका र ब्राजिलका सुन्दरीहरु परेका थिए।
प्रकाशन मिति–२०७६ साल मंसिर २८ गते शनिवार ।