काठमाडौं। नेपालभाषा र नेपाली भाषाका अग्रज गायक राजेन्द्र डंगोल गायनको अलावा हिजोआज गीतको भिडियो निर्देशनमा पनि व्यस्त हुन थालेका छन्।

दर्जनौ गीतका भिडियोमा कुशल निर्देशन गरिसकेका गायक डंगोलको पछिल्लो गीतको भिडियो पनि रिलिज भएको छ। कनीमुस्या युट्युब च्यानल मार्फत गायक डंगोलको पछिल्लो तिम्रो एक शव्दले बोलको विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको हो।

भिडियोमा प्रेमको उत्तार–चढावलाई कथानकताको माध्यमवाट सहज र सरल ढंगवाट प्रस्तुत गर्ने कार्य गायक डंगोलवाट भएको छ। भिडियोमा शैलेश ज्यापु तथा रुचिमा लोप्चनको अभिनय रहेको छ। गीतको संगीत संयोजन बिजेन श्रेष्ठले गरेका छन्।

प्रकाशन मिति–२०७७ साल असोज २२ गते विहीवार ।