काठमाडौं। भारतीय चलचित्र उद्योगकी ख्यातिप्राप्त नायिका करिना कपुर ट्वीटरमा व्यापक विवादमा आएकी छन्। नायिका कपुरले निर्देशक आलौकिक देसाइको निर्देशनमा निर्माण हुन लागेको रामायणमा आधारित चलचित्र सीतामा सीताको लिडिङ रोलका लागि १२ करोड भारतीय रुपैया माग गरेपछि ट्वीटरमा विवादमा परेकी हुन्।

‘बलिउड बेबो’ का नामले परिचित करिना सामाजिक सञ्जाल ट्विटरमा यसै कारणले निसाना बनेकी छन्। ट्विटरमा यतिखेर करिनालाई बहिष्कारको ट्रेन्ड चलेको छ। ‘ह्यास ट्याग बाएकट करिना कपुर खान’ ट्रेन्डमा आएको छ। ट्विटर प्रयोगकर्ताहरूले तैमुर अली खानकी आमा करिना सीताको भूमिकाका लागि योग्य हुन नसक्ने भन्दै उनको विरोध गरिरहेका छन्। करिनाले सीताको नभई सुर्पणाखाको भूमिका निभाउँदा राम्रो हुने ट्विटर प्रयोगकर्ताले सुझाव दिएका छन् ।

लामो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री करिना कपुर आमिर खानका साथ ‘लालसिंह चड्डा’मार्फत बलिउडमा पुनरागमन गर्ने तयारीमा रहेकी छन्। यस बाहेक उनले ‘हंसल मेहता’ र ‘वीरे दी वेडिङ’मा पनि अभिनय गर्ने जनाइएको छ। रामायणको सीता बन्ने तयारीमा रहेकी करिना कपुर यसरी अनौठो तरीकाले विवादमा मुछिदा करिना आफै तीन छक्क अठार दंग परेकी छन्।

प्रकाशन मिति–२०७८ साल असार १ गते मंगलवार ।