Gyanendra Shahकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि जाने भएको छ।

पूर्वराजा शाहलाई शीतल निवासमा सोमवार मध्यान्ह १२ बजे निम्तो गरेअनुसार नै सोही समयमा शाह जाने निश्चित जस्तो भएको शाहका निकटवर्ती समाचार स्रोतले बताएको छ।

राष्ट्रपति भण्डारीले पूर्वराजा शाहलाई सम्मानपूर्वक छोरीको विवाहमा बोलाएपछि शाहले अवश्य पनि इन्कार नगर्ने स्रोतले भनेको छ। नेपालमा गणतन्त्र आएयता पूर्वराजा शाह एकचोटी पनि राष्ट्रपति भवन शीतल निवास पुगेका छैनन्।

शीतल निवासमा राष्ट्रपति भण्डारीकी कान्छी छोरीको विवाह पूर्वराष्ट्रपति डा.रामवरण यादवका नातेदार नाति अभिशेष यादवसँग हुँदैछ। त्यसको रौनकता तथा रमझम शीतल निवासमा देखिएको छ।
प्रकाशन मिति–२०७३ साल माघ २ गते आइतवार ।