काठमाडौ। रित्तो सडकवाट यात्रा शुरु गरेका प्रतिविम्बका दुई यात्री ख्यातिप्राप्त संगीतकार राजु सिंह र लोकप्रिय गीतकार बसन्त बित्यासी थापाको मित्रता तथा यात्राले पनि २५ बर्ष पार गरेको छ।

२५ बर्षको गौरबमय रजत बर्षको अवसरमा यी दुई दौतरीको प्रयासमा मित्रताको चिनोरुपी गीति–एल्वम तिमी मेरो साथी सार्वजनिक गरेको छ। बेस्टोन म्युजिक कंपनीको गौरबमय प्रस्तुति रहेको एल्बम तिमी मेरो साथीको सार्वजनिकरण लोकप्रिय हाँस्य–अभिनेता तथा चलचित्र विकास वोर्डका सदस्य उत्तम केसीले गरेका हुन्।

लोकार्पण कार्यक्रममा तिमी मेरो साथी एल्बमको एक गीत फुल भन्दा कम छैनौ बोलको गीतको म्युजिक भिडियोको पनि युट्युबको माध्यमवाट सार्वजनिक गरिएको थियो। राजु सिंहको संगीत, बसन्त बित्यासी थापाको शव्द तथा राजेश पायल राईको गायन रहेको उक्त गीतमा गणेश अग्रवाल र साधना शर्माको बेजोड अभिनय रहेको छ।

मित्रताको गौरबमय यात्राको रजत बर्षमा संगीतकार राजु सिंह र गीतकार बसन्त बित्यासी थापा दुवैले एक अर्काको साथ र सहयोगको खुलेर प्रशंशा गरे। दुवैले सयौं बर्ष यसरी नै अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे। कार्यक्रमको आयोजना मिलाप मासिकले गरेको थियो।

प्रकाशन मिति–२०७४ साल फागुन २५ गते शुक्रबार ।