काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा आज शुक्रवार विहानै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

 रोकिराखेको ट्रकमाथि पहिरो खसेको छ । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरेपनि हताहती भने नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनलाई उद्रित गरेर इमेज खवरले जनाएको छ। पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको छ।

दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ। बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
प्रकाशन मिति–२०७८ साल असार १८ गते शुक्रवार ।