काठमाडौं। फिल्म अवार्डहरुको भीडमा फेसन तथा मोडल अवार्ड पनि भएको छ। पेजेन्ट नेपाल इन्टरनेशनलको आयोजनामा फेसन तथा मोडल अवार्ड २०१९ को आयोजना भएको हो।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भव्य समारोह वीच फेसन तथा मोडल अवार्ड कार्यक्रमको आयोजना भएको थियो। जसमा बिभिन्न ५४ बिधामा अवार्ड प्रदान गरिएको थियो। फेशन कोरियोग्राफी बिधामा दुई दशकको लामो यात्रा तय गरेका कोरियोग्राफरव्दय रोजिन शाक्य र जयन सुब्बा मानन्धरलाई लिजेन्ड्री अवार्ड प्रदान गरिएको छ।

मोडल दिक्पाल कार्कीले पपुलर इन्टरनेशनल मोडलको उपाधि जितेका छन्। ख्यातिप्राप्त अग्रज मोडल कला सुब्बालाई लिजेन्ड्री मोडलको अवार्ड तथा ख्यातिप्राप्त चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई अलटाइम फेशन दिभाको अवार्ड प्रदान गरिएको थियो। त्यस्तै मिस नेपाल २०१८ शृंखला खतिवडालाई पपुलर पेजेन्ट टाइटल विनरको अवार्ड दिइएको थियो।

पूर्व मिस नेपाल उषा खड्गीले एभरग्रीन मोस्ट पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन्। ड्रिम वेयर फेशनका मन्जु बन्जारा ढकालले फेशन डिजाइनर डिकेडको अवार्ड जितेकी थिइन्। अवार्ड अन्तर्गतको अर्गनाइजर बिधा तर्फ मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरका गोपाल सुन्दर कक्षपतिले बेस्ट मिस पेजेन्ट अर्गनाइजरको अवार्ड जितेका थिए।

प्रकाशन मिति–२०७६ साल भदौं ३ गते मंगलवार ।