काठमाडौं । कोरोनाको महामारीको कारण काठमाडौं उपत्यकामा लडकाउन गरेको पनि आज बुधवारवाट २० औं दिनमा पुगेको छ। लकडाउनको २० औं दिनसम्म पुग्दा काठमाडौं उपत्यकाका भित्री शहरहरु भने ठप्प जस्तो नै देखिएको छ।

उपत्यकाका रिंगरोड वाहिरका स्थानहरुमा लकडाउनको भित्री शहरहरुमा जस्तो ठप्प नै भएको छैन्। नियमित कार्यमा विहान–बेलुका देखिएतापनि स्थानीयहरु आफै सजक भएको कारण लकडाउनलाई पालना गर्ने कार्य भएको छ।

कतिपय स्थानमा अझैपनि विना मास्क नलाइकन तथा अत्यावश्यक काम नपरिकन विना कारण आवत–जावत गर्नेहरुलाई प्रहरीले सम्झाइ–बुझाइ गरेर फर्काउने गरेको पाइएको छ। लकडाउनको २० औं दिनमा काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका छन्।

फाट्फुट् बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसँगै बिना अनुमति सवारी साधन लिएर बाहिर निस्कनेहरुमा कमी आएको वताइएको छ।

Photo By-Ajay Deshar.     प्रकाशन मिति–२०७८ साल जेठ ५ गते बुधवार ।