काठमाडौं। अमेरिकामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लकडाउन चांडै अन्त्य गर्न राज्यका गर्भनरहरुलाई निर्देशन दिएका छन् । अमेरिकामा कोभिड–१९ को महामारी फैलिरहेपनि राष्ट्रपति ट्रम्पले लकडाउन अन्त्य गर्न गर्भनरहरुलाई निर्देशन दिएका हुन्।

व्हाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले केही राज्यहरुलाई यही महिनामै लकडाउन खोल्न समेत सुझाव दिएका छन्। ट्रम्पले राष्ट्रव्यापी लकडाउन दीर्घकालीन समाधान नभएको र लकडाउन खोलेर यस विरुद्ध लाग्न जोड दिएको बीबीसीले जनाएको छ।

ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताए। बिहीवार पत्रकारहरूलाई जानकारी दिने क्रममा ट्रम्पले अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहेको बताएका छन्।
महामारी नियन्त्रणमा राज्यले चालिरहेका कदमहरुमा संघीय सरकारले सहयोग जारी राख्ने भन्दै ट्रम्पले गभर्नरहरुलाई छिमेकी राज्यहरुसंग मिलेर तीव्र गतिमा काम गर्न आग्रह गरेका छन्।

केही राज्यहरुको अवस्था अति राम्रो हुँदै गएको दाबी गर्दै ट्रम्पले मे १ भन्दा पहिले नै खुला हुने सम्भावना रहेको उल्लेख गरेका छन्। ट्रम्पले अबको युद्धको अर्को मोर्चा भनेको अमेरिका फेरि खोल्ने रहेको स्पष्ट पारे। उनले लामो समयसम्मको लकडाउनले सामाजिक स्वास्थ्यमा समस्या नित्त्याउने जोखिम बढेको बताए।
प्रकाशन मिति–२०७७ साल बैशाख ५ गते शुक्रवार ।