Laljodi 2काठमाडौ। संचारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको पछिल्लो चलचित्र लालजोडी प्रदर्शनको लागि लगभग तयारी अवस्थामा पुगिसकेको छ। आगामी भदौ १७ गतेलाई रिलिज टार्गेट गरिएको चलचित्र लालजोडी निक्कै गहकिलो विषयमा संपूर्ण कमेडी स्टोरी भएको र यसका लाल हिरो पनि कमेडियन नक्कली बाबुराम भट्टराई ज्योति काफ्ले रहेको निर्देशक सुवेदीले भिजन संसारलाई बताएका छन्।

Laljodi 1`

Lal Jodi song

निर्देशक सुवेदीका अनुसार, लाल हिरोइनमा रजनी केसीका साथमा हैट थेगोका चर्चित कलाकार बुद्धिमान तामाङ्ग, सीपी पौडेल, पूर्ण थापा, आयुष्मा कार्की लगायतका कलाकार रहेका छन्। यो चलचित्रको आज क्या ब्युटी बोलको गीत हाल निक्कै लोकप्रिय बनिसकेको छ। राजेश पायल राई तथा मनिषा पोखरेलको गायन रहेको छ।

त्यसको अलावा नायिका रेखा थापा र प्रल्हाद तिमिल्सिनाको गायन रहेको माँ कसम बोलको गीतले पनि बजार पिटिसकेको छ। माँ कसमलाई केही दिन पछि युट्युबबाट वल्र्डवाइज रिलिज गर्ने तयारीमा रहेका निर्देशक सुवेदीको चलचित्र लालजोडीको आज क्या ब्युटी गीत भने रिलिज भैसकेको छ। प्रस्तुत छ–लालजोडीको यो आज क्या व्युटी बोलको गीत !

प्रकाशन मिति–२०७३ साल साउन १० गते सोमवार ।