लमजुङ। लमजुङ जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउंपालिकाले फोहर संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिकाभित्रको फोहर व्यवस्थापनका लागि वडा नं ८ भुलभुलेमा उक्त फोहर सङ्कलन केन्द्र निर्माण गरिएको हो।

फोहरको व्यवस्थापन नहुँदा वातावरण प्रदूषण हुनुका साथै विभिन्न रोगको प्रकोप भएकाले सङ्कलन केन्द्र निर्माण गरिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताएका छन्।

अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको बाटो हुँदै पर्यटक आउने जाने गर्छन्। पदमार्गका होटल तथा रेष्टुराबाट उत्पन्न हुने फोहरको मात्रा दिनानुदिन वृद्धि हुने गरेको छ।

त्यसलाई ध्यानमा राखी गाउँपालिकाभित्रको फोहर सङ्कलन केन्द्र निर्माण गरेको गाउंपालिका अध्यक्ष गुरुङको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल पुस १६ गते सोमवार ।