ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ ले कोविड संक्रमितहरुको लागि विशेष सेवा दिने भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा बसेको विशेष बैठकले कोविड संक्रमितहरुको लागि विशेष सेवा दिने निर्णय भएको हो।

वडा सरकार सहित सरोकारवालाहरु संलग्न बैठकले ललितपुर महानगरपालिका वडा नंबर ५ मा कोविड संक्रमण संवन्धमा जनचेतना अभिबृद्धि गर्ने र गराउने माइकिङ, ब्यानर लगाउने, संक्रमितहरुलाई स्यानिटाइजर, हातधुने सावुन लगायतका स्वास्थ्य सामाग्री प्रदान गर्ने, स्वास्थ्य स्वयंसेवी मार्फत आवश्यक सवै सेवा प्रदान गर्ने, वडाका प्रत्येक स्थान तथा गल्ली अनि सडकमा स्यानिटेराइज गर्ने लगायत कार्य सोमवारवाटै गर्ने निर्णय भएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

वडा अध्यक्ष श्रेष्ठका अनुसार, यस कार्यमा सरोकारवाला तथा नेपाल रेडक्रस सोसाइटीको पनि सहयोग र सहकार्य हुने भएको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख २७ गते सोमवार ।